लुम्बिनीद्वारा सुदूरपश्चिमसामु १५६ रनको चुनौती प्रस्तुत

राष्ट्रिय समाचार समिति

मंसिर ५, २०८३

काठमाडौँ। लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जित्नका लागि १५६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रनको योगफल बनाएको हो ।
सुदूरपश्चिमविरुद्ध लुम्बिनीले सुरुवातमा विकेट गुमाए पनि मध्यक्रम र तल्लो क्रमका ब्याटरले सम्हालिएर प्रदर्शन गरेपछि प्रतिस्पर्धात्मक योगफल तयार पारेको हो । लुम्बिनीका लागि दिलीप नाथले सर्वाधिक ३९ रनको योगदान दिए । उनले ३१ बलमा ३ छक्का प्रहार गर्दै अविजित ३९ रन बनाएका हुन् । त्यस्तै कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३० रन बनाए भने निरोशन डिकवेलाले १७ बलमा २८ रन जोडे ।
त्यसैगरी डार्सी शर्टले १८ बलमा २१ रन, अली शेखले १२ बलमा २४ रन तथा सन्दीप जोराले ५ बलमा ४ रन बनाए । रुबेन ट्रम्पेलम्यान २ बलमा ४ रन बनाउँदै अविजित रहे ।
बलिङतर्फ सुदूरपश्चिमका बलर स्कट कुगेलाइनले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । त्यस्तै हेमन्त धामी, थारिन्दु रत्नायके र दीपेन्द्रसिंह ऐरीले समान १र१ विकेट हात पारे । सुदूरपश्चिम अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

एनपिएल विजेता टोली सुदूरपश्चिम रोयल्सलाई प्रधानमन्त्रीको बधाई

एनपीएलको तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सलाई

लुम्बिनीद्वारा सुदूरपश्चिमसामु १५६ रनको चुनौती प्रस्तुत

जुवातासको खालबाट ४९ जना पक्राउ

राष्ट्रपतिसँग जापानका उपमन्त्रीको शिष्टाचार भेट

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति