एनपिएल फाइनलः सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोज्यो

पाविलन्युज

मंसिर ५, २०८३

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणको उपाधिका लागि आज हुने फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर फिल्डिङ रोज्नुभएको हो । यससँगै लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्ने भएको छ ।
गत संस्करणको फाइनलमा पनि यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनीले उपाधि जितेको थियो । यसपटक लुम्बिनी लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ भने सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बन्ने प्रयासमा छ ।
यस संस्करणमा यी दुई टोलीबीच यो तेस्रो प्रतिस्पर्धा हो । लिग चरणको पहिलो भेटमा लुम्बिनीले सुदूरपश्चिमलाई सात विकेटले पराजित गरेको थियो । पहिलो क्वालिफायरमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
फाइनलका लागि लुम्बिनीको टोलीमा कप्तान रोहितकुमार पौडेलसहित सन्दीप जोरा, आसिफ शेख, शेर मल्ल, अभिषेक गौतम, दिलीप नाथ र किशोर महतो छन् । विदेशी खेलाडीमा क्रिस्टियन ट्रम्पलम्यान, निरोशन डिकवेला, अली शेख र डीआर्सी सट्र्स छन् ।
सुदूरपश्चिमको टोलीमा कप्तान दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, ईशान पाण्डे, हेमन्त धामी, अनिल खरेल र दीपक बोहरा छन् । विदेशी खेलाडीमा साइफ जैब, जर्ज मन्सी, स्कट कुगेलेइन र थारिन्दु रत्नायके छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

एनपिएल विजेता टोली सुदूरपश्चिम रोयल्सलाई प्रधानमन्त्रीको बधाई

एनपीएलको तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सलाई

लुम्बिनीद्वारा सुदूरपश्चिमसामु १५६ रनको चुनौती प्रस्तुत

जुवातासको खालबाट ४९ जना पक्राउ

राष्ट्रपतिसँग जापानका उपमन्त्रीको शिष्टाचार भेट

यो पनि पढ्नुहोस
पाविलन्युज