धादिङबेसी बजारमा धुलो र वायु प्रदुषण अत्यधिक

धादिङ । सदरमुकाम धादिङबेसी बजार क्षेत्रमा धुलो र वायु प्रदुषण अत्यधिक बढेको छ । ग्रामीण क्षेत्रका कच्ची सडकबाट हिलाम्मे भएर आएका सवारी साधनहरू सिधै बजार छिर्दा बजारमा धुलोको समस्या आएको हो । हिलाम्मे र धुलाम्मे भएर बजार प्रवेश गरेका गाडीबाट झरेका माटोले सडकभरि धुलो उड्ने धादिङबेसीका स्थानीयहरुले बताएका छन् । पुराना र मर्मत नगरिएका गाडीबाट […]
गर्मी छल्ने स्थल ‘तीन तलेभीर’

धादिङ । ढुंगैढुंगाको चट्टानमाथि बनेको एउटा सुन्दर डाँडो, ‘तीन तलेभीर’ । तलबाट हेर्दा यो भीर कहालीलाग्दो देखिन्छ, तर डाँडामा पुगेपछि समथर जमिन छ । जहाँ गर्मी छल्न मानिसहरू पुग्ने गर्छन् । भर्खरका युवायुवती हुन् या पाका पुस्ता, तीन तलेभीर पुग्ने जो–कोही त्यहाँको सिरसिरे बतास र मनमोहक दृश्यमा मोहित हुन्छन् । धादिङको नीलकण्ठ नगरपालिका वडा नं. […]
काठमाण्डौबाट नृसिंहधाम आउजाउ गर्न छुट्टै गाडी !

धादिङ । नृसिंहधाममा सुरु भएको एक महिने पुरुषोत्तम महोत्सव अवलोकनमा जाने भक्तजनहरुलाई मध्यनजर गर्दै धादिङ मण्डली यातायात प्रा.लि.र ग्रामिण यातायात प्रा.लि.ले छुट्टै बस सेवा संचालनमा ल्याएको छ । विशेषगरी काठमाण्डौबाट धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारस्थित नृर्सिहधामसम्म पुग्ने भक्तालुहरुलाई सहजताको लागि दैनिक एउटा बस छुट्टै संचालनमा ल्याएको हो । काठमाडौबाट हरेक दिन विहान ९ः३० बजे काठमाण्डौको गोंगबु […]
किसानको सहारा बन्दै आँकुरा कृषि सहकारी

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–८, साँघटारमा सञ्चालित आँकुरा कृषि तथा पशुपंक्षी सहकारी संस्था पछिल्लो समय स्थानीय किसानका लागि भरोसाको केन्द्र बन्दै गएको छ । सहकारीले आफ्नै कृषक बजार सञ्चालन गरी स्थानीयस्तरमा उत्पादित ताजा तरकारी, फलफूल तथा अन्नबाली संकलन र बिक्री वितरण गर्न थालेपछि किसान र उपभोक्ता दुवै लाभान्वित भएका हुन् । एक वर्षअघि औपचारिक रूपमा […]