काठमाडौँ, कात्तिक १४ (नागरिक) – नेपाली जुत्ता कम्पनी रनमो आफू जति धन उपहार योजनाको पहिलो विजेता महेश बस्नेतले ८४ किलो सिक्का पुरस्कार पाएका छन्।
खैरेनीटार-८, तनहुँका २८ वर्षे युवा बस्नेतको वजन ८४ किलो रहेकोले उपहार योजना अनुसार उनले वजन बराबरको ८४ किलो सिक्का पाएका हुन्।
उनले पोखराको चिप्लेढुङ्गामा रन जुत्ता किन्दा पाएको कार्ड कोट्याउँदा यो उपहार जितेका हुन्।