Sat. Jul 27th, 2024

‘पुजार सार्की’को जापानका दुई दर्जन सहरमा प्रदर्शन तय

काठमाडौं – फिल्म ‘पुजार सार्की’ जापानका झण्डै ३ दर्जन सहरमा प्रदर्शन हुने भएको छ । अहिलेसम्म दुई दर्जन सहरमा स्क्रिनिङ तय भैसकेको वितरक खिमराज शाहले जानकारी दिए ।

जापान प्रदर्शनमा अभिनेता पल शाह र लेखक विकास सुवेदी पनि सहभागि हुने भएका छन् । मे २६ तारिखमा टोकियोस्थित नाकानो जेरो हलमा हुने प्रदर्शनीमा पल सहभागि हुनेछन् ।

यो फिल्म जेठ १० मा नेपालसहित विश्वब्यापी रिलिज हुन लागेको जानकारी निर्देशक दिनेश राउतले दिए । जातिय विभेदविरुद्धको कथा पेश गर्ने यो फिल्ममा पलसहित प्रदीप खड्का र आर्यन सिग्देलको पनि शीर्ष भूमिका छ ।

फिल्मलाई सुवेदीले लेखेका हुन् । राउत र सुवेदीले सोसल(ड्रामा ‘प्रकाश’मा सकार्य गरेका थिए । यो फिल्मलाई सुवास भुषालले निर्माण गरेका हुन् ।

About The Author

Loading...

अन्य समाचारहरु: