Sat. Jul 27th, 2024

भारतीय बिदेशमन्त्रीद्वारा राजीनामा

१० कात्तिक, काठमाण्डौ । भारतीय बिदेशमन्त्री एसएम कृष्णाले आफ्नो पदबाट राजीनामा दिएका छन् । सत्तारुढ कांग्रेस आईले मन्त्रीमण्डल पुर्नगठन गर्ने तयारी गरेपछि पार्टीको निर्देशनअनुसार उनले राजीनामा गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

समाचारमा जनाइएअनुसार आइतवार प्रधानमन्त्री मनमोहन सिंहले मन्त्रीमण्डल पुर्नगठन गर्ने तयारी गरेका छन् । कर्नाटकका कृष्णालाई उनकै राज्यमा पार्टीको जिम्मेवारी दिने तयारी भएको बताइएको छ । कृष्णाको ठाउँमा हालका बाणिज्यमन्त्री आनन्द शर्मालाई ल्याउने तयारी भइरहेको स्रोतलाई उदृत गर्दै टाइम्स अफ इण्डियाले जनाएको छ ।

बीबीसीका अनुसार कृष्णाको राजीनामा प्रधानमन्त्रीले स्वीकृत गरिसकेका छन् । सन् २००९ मा कांग्रेस दोस्रोपटक शक्तिमा आएपछि कृष्णालाई बिदेशमन्त्रीको जिम्मेवारी दिइएको थियो । ८० बषिर्य कृष्णाले सोंचेअनुसार क्षमता देखाउन नसकेको बताइएको छ ।

सरकारबाट तृणमुल कँग्रेस बाहिरिएपछि पहिलोपटक मन्त्रीमण्डल पुर्नगठन गर्न लागिएको हो । पुर्नगठनमा राहुल गान्धीका निकट युवा नेताहरुले महत्वपूर्ण जिम्मेवारी पाउने बताइएको छ । राहुल आफैं मन्त्रीमण्डलमा समावेश हुने/नहुनेबारे स्पष्ट छैन् । प्रधानमन्त्री मनमोहन सिंहले सार्वजनिकरुपमै सरकारमा राहुल आउनुपर्ने बताएपनि राहुल स्वयंले भने ‘बेला नभइसकेको’ बताउँदै आएका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: