Fri. Apr 19th, 2024

१४ नारी स्रष्टा साहित्यिक दूतमा मनोनीत

२७ असोज, काठमाडौं । त्रिमूर्ति निकेतनद्वारा गठित विश्व नारी नेपाली साहित्य सम्मेलनले ४ देशका १४ जना नारी स्रष्टालाई नेपाली साहित्यिक दूत मनोनीत गरेको छ ।

जस अनुसार भारतका गीता उपाध्याय, डा.पुष्प शर्मा र विन्द्या सुब्बालाई नेपाली भाषाको साहित्यिक दूतमा मनोनयन गरिएको छ । त्यसैगरी गीता खत्री, नीलम कार्की निहारिका, भारती गौतम, मनु लोहोरुङ र सरला श्रेष्ठ अमेरिकाको लागि साहित्यिक दूतमा मनोनीत हुनु भएको छ ।

साथै जया राई, लारा र सञ्जु बजगाईलाई बेलायत तथा इजरायलका लागि कृष्णकला बनेम, दीप्स शाह र भगवती बस्नेतलाई साहित्यिक दूतमा मनोनीत गरिएको छ । विभिन्न राष्ट्रमा रहेर साहित्यिक कार्यमा समर्पित अन्य देशका नारी सर्जकलाई क्रमशः नेपाली भाषाको साहित्यिक दूतमा मनोनयन गरिने कार्यक्रम रहेको छ ।

२०७० सालमा ‘काठमाडौंमा विश्व नारी नेपाली साहित्य सम्मेलन’ हुने भएको छ । सम्मेलनमा २०६९ साल चैतसम्ममा नेपाली भाषासाहित्यमा न्यूनतम एउटा कृति प्रकाशित भएका देशदेशान्तरका नेपाली, गोर्खाली नारी स्रष्टाको सहभागिता रहनेछ । त्यस सम्मेलनमा साहित्यिक दूतहरूको संयोजन रहने छ ।

About The Author

Loading...

अन्य समाचारहरु: