Sat. Jul 27th, 2024

पारदर्शीसँगैँ उत्कृष्ट बनाउँछौँ

 

sitaram ko

वि. स. २०२३ सालमा धादिङको नीलकण्ठ नगरपालिका ७ तल्लोबेसीमा जन्मनुभएका सीताराम कोइरालाले राजनीतिशास्त्रमा एमए गरिसक्नु भएको छ । २०३८ सालमा नीलकण्ठ उच्च माविमा कक्षा ९ मा पढ्दा खेरी नै जुनियर रेडक्रस सर्कलबाट रेडक्रसमा प्रारम्भ गर्नुभएका कोइराला नेपाल रेडक्रस सोसाइटी धादिङको १० औँ अधिवेशनले सभापति पदमा निर्वाचित गरेको छ । २०२८सालमा धादिङमा स्थापना भई हाल रेडक्रसको २६ वटा उपसमिति र १ वटा सहयोग समिति रहेको छ । मानविय कार्यमा समर्पित हुदै आइरहेको रेडक्रसको धादिङका प्रभाव तथा गतिविधि तथा भावी कार्ययोजनाहरुका विषयमा गरिएको कुराकानी

नेपाल रेडक्रस सोसाईटी धादिङको अध्यक्ष पदमा निर्वाचित हुुनु भएको छ, कस्तो महशुस गर्र्दै हुनुहुन्छ ?
नेपाल रेडक्रस सोसाईटी धादिङको गत चैत १५ र १६ गते भएको १० औँ अधिवेशनले मलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । खुसी लागिरहेको छ र मानविय सेवामा थप थपिएको अनुभव भइरहेको छ ।

रेडक्रस कस्तो संस्था हो ?
रेडक्रस एक निस्वार्थ सेवा दिने मानव परोपकारी संस्था हो ।

धादिङमा यसले के कस्ता कार्यहरु गरिरहेको छ ?
रेडक्रसका आफ्नै प्रकारका उद्देश्य र कार्यहरु हुन्छन् । पहिलो त मानवीय कार्य हो । जुनसुकै प्रकारको विपद्मा परेको मानव व्यक्ति वा समुदाय होस् उसको उद्दार र सहयोग गर्नु रेडक्रसको मुख्य कार्य हो । यसका साथै मानवको स्वास्थ्य र शिक्षा सम्बन्धी सामाजिक तथा सामुहिक कार्य पनि धादिङ रेडक्रसले गदै आएको छ । जस्तै खानेपनी तथा सरसफाई कार्यक्रम, जुनियर यूवा कार्यक्रम, अन्र्तराष्ट्रिय मित्रता परियोजना, खुल्लादिशामुक्त गा.वि.स घोषणा, विद्यार्थी तथा युवा वित्तिय कार्यक्रम, वेपत्ता भएकाको खोज खबर कार्यक्रम, विपतसँग सम्बन्धी विभिन्न कार्यक्तम, ऋब्म्च्भ्, म्म्च्त् बेपत्ता परिवार केन्द्रित होमालो कार्यक्रम गरिवी निवारण कार्यक्रम आदि छन् ।

रेडक्रसमा कहिलेदेखि लग्नु भयो ?
विद्यालयमा पढ्दा खेरी नै म रेडक्रस लागि परेको थिए । २०३८ सालमा नीलकण्ठ उच्च माविमा कक्षा ९ मा पढ्दा जुनियर रेडक्रस सर्कलबाट मेरो रेडक्रसको सेवा प्रारम्भ भएको हो । यो क्रमलाई निरन्तरता दिदै २०५० ५४ मा सालमा सुनौलाबजारको उपशाखाको सुचिव भए, २०५४ ०५८ मा सोही उपशाखाको उपसभापति भएको थिए । त्यसपछि २०५८देखि ०६२ सम्म जिल्ला शाखाको सदस्य, कोषाध्याक्ष हुदै अहिले सभापतिसम्म हुने मौका जु¥यो ।

धादिङ रेडक्रस मानवीय सेवामा भन्दा पनि राजनीतिक आस्थाका आधारमा काम गरी रहेको छ भन्ने आरोप छ नि ?
यो अत्यन्त गलत र भ्रामक कुरा हो । रेडक्रसका आधारभूत ७ सिद्धान्त, यसका मूल्य मान्यता र आदर्शलाई राम्रोेसँग ख्याल गरेर धादिङ रेडक्रसले काम गरी रहेको छ । रेडक्रसकर्मीमा विभिन्न आस्था र विचारहरु हुन सक्छ तर रेडक्रसको ढोका भित्र प्रवेश गर्दा त्यो अवस्था विचार गेट बाहिर नै छोडिन्छ । रेडक्रसको विभिन्न गतिविधि, अभियानमा कहि पनि त्यस्तो देखिएको छैन ।

रेडक्रस कसरी राजनीतिभन्दा माथि उठाउन सकिन्छ ?
यसलाई हाम्रो काम कारबाही र व्यवहारले दृष्य गदै जाने कुरा हो ।
भर्खरै सम्पन्न १० औँ अधिवेशनमा राजनीति प्रभाव त प्रष्ट नै देखियो नी ?
कुनै पनि संघ संस्थामा नेतृत्वको लागि आकांक्षीहरु देखिनु स्वाभाविक नै हो । सर्वसम्मत नभएपछि निर्वाचिनमा जानु प्रजातन्त्रीक अभ्यास र विधि हो । त्यो विधिमा जाँदा कसैले कसैलाई समर्थन गरी मतादेश प्रयोग गर्नु कुनै नौलो कुरा होईन । त्यस्तो अवस्था समर्थन र विरोध स्वाभाविकै हो ।

तपाईका आगामी योजनाहरु के के छन् ?
हामीले १५ बुदे साझा प्रतिबद्धता व्यक्त गरेका छौँ त्यो नै आगामी योजनाहरु हुन् ।
हाम्रा साझा प्रतिबद्धता
१. नेपाल रेडक्रस सोसाइटीको मर्म, भावना, उद्देश्य, विधि अनुसार संस्था व्यवस्थित ढंगले संचालन गर्ने ।
२. नेपाल रेडक्रस सोसाईटी धादिङबाट संचालित रक्त संचार केन्द्रलाई व्यवस्थित पारदर्शी र योजनाबद्ध बनाउने ।
३. भैरहेको एम्बुलेन्स सेवालाई व्यवस्थि तगर्दै थप सेवाको पहल गर्ने ।
४. कर्मचारी प्रशासन तथा आर्थिक प्रशासनलाई चुस्त दुरुस्त, पारदर्शी, जिम्मेवारी र उत्तरदायी बनाउन मियमावली तयार गरी कार्यान्वयन गर्ने ।
५. नेपाल रेडक्रस सोसाईटी धादिङको गतिविधि संचालनको कार्यक्षेत्र बढाउने ।
६. उपशाखालाई सक्षम उत्तरदायी र जिम्मेवार बनाउने ।
७. विद्यालय तथा समुदायमा युवा तथा जुनियर कार्यक्रम बढाउने ।
८. विपत प्रतिकार्यको लागि कार्यक्रमहरु व्यवस्थित गरी कार्यन्वयन गराउने ।
९. राहत वितरण कार्यक्रमलाई व्यवस्थित, पारदर्शी र सरलीकृत बनाउने ।
१०. जिल्लामा क्रियाशिल सरकारी तथा गैर सरकारी निकायसँग हातेमालो गदै सहयोग, समन्वय र सहकार्य गर्ने ।
११. रेडक्रस सन्देशलाई व्यवस्थि तगदै समय सापेक्ष संचार साधनको उपयोग गरी रेडक्रस गतिविधिलाई ग्रामिण समुदायसम्म पु¥याउने ।
१२. नेपाल रेडक्रस सोसाईटी धादिङको आय आर्जन तथा सचिवालय भवनलाई व्यवस्थित गर्ने ।
१३. रेडक्रस कार्यमा लामो समयसम्म जिम्मेवारीपूर्वक उत्तरदायित्व पूरा गर्न सफल स्वंयसेवक तथा कर्मचारीलाई केन्द्र तथा जिल्लाबाट पुरस्कृत गर्ने वातावरण सृजना गरी हौसला बढाइने ।
१४. वार्षिक साधारण सभाबाट पारित कार्यक्रमलाई कार्ययोजना निर्माण गरी कार्यन्वय गरी चौमासिक समिक्षा गर्ने परिपाटीको सृजन ागर्ने ।
१५. ४ वर्षे कार्ययोजना बनाई धादिङ रेडक्रस गतिविधिलाई आगामी ४ वर्ष भित्र अधिराज्यको राम्रो १० जिल्ला भित्र अटाउने ।

मानवीय, सामाजिक संस्था भएर पनि धादिङ रेडक्रसले परियोजना संचालन गरिरहनु भएको छ नी ?
रेडक्रस संसारकै सबैभन्दा ठूलो मानवीय संस्था हो । यसमा कसैको रमत छैन । यसले मानवीय विपत्ति, विगाल र आल्मुनीयमा माडमात्र बाडेर हाल्दा आत्मनिर्भर हुनका लागि यसको स्वासथ्य र शिक्षासँग केही सामाजिक तथा सामुहिक कार्यहरु गर्ने अनुमति पायो । त्यही काम रेडक्रसले गर्छ । रेडक्रसले बाटो बनाउने, पुल बनाउने, कालोपत्रे गर्ने राप गदैन खानेपानी, स्वास्थ्य सरसफाई, विद्यालय सुधार, विद्यार्थी विनिमय जस्ता महत्वपूर्ण काम गर्छ, जुन सामाजिक कार्यहरु हुन् ।
प्रस्तोता : सरिता श्रेष्ठ

About The Author

Loading...

अन्य समाचारहरु: