Thu. Apr 9th, 2020

एम्बुलेन्स चालक, अत्याधिक जिम्मेवारी कामः ठकुरी

एम्बुलेन्स बिरामी वा घाइते मान्छेलाई रोग वा चोट लागि उपचार गर्नको लागि अस्पताल सम्म पुयाउन प्रयोग हुने सवारी साधन हो । लामो सयमदेखी धादिङमा एम्बुलेन्स चलाउदै आउनु भएका भेषराज ठकुरी आफैमा स्वास्थ्यकर्मी हुनुहुन्छ । संयुक्त एम्बुलेन्स चालक संघका अध्यक्ष समेत रहनसभएका भेषराज ठकुरी सँग पाविल साप्ताहिकले गरेको कुराकानीको सार संक्षेप ः

१) एम्बुलेन्स चालक पेशा आफैमा गाह्रो पेशा भनिन्छ नि, है ?
यो पेशा भनेको एउटा गाह्रो पेशा हो । यो पेशामा लागेपछि दिन रात भन्न पाईदैन । यो पेशामा कतै कसैबाट माग आए पछि हामी जस्तो अवस्थामा भएपनि जानु पर्ने हुन्छ । फोन अथवा कल आए पछि हामीले जान्न भन्न पाउदैनौ । यो हाम्रो पेशा सेना प्रहरी भन्दा पनि महत्वपूर्ण पेशा जस्तो लाग्छ किनभने मान्छेलाई मृत्युको दोसाँधबाट बचाउनको लागी एक मिनेट ढिलो भयो भने यसले ठूलो दुर्घटना निम्त्याउँछ । त्यसकारण हामि समयमै अब्डेट हुनुपर्दछ ।

२) एम्बुलेन्स चालकले पालना गर्नुपर्ने आचार संहिताका विषयमा जानकारी गराइदिनुहोस् न । एउटा एम्बुलेन्स चालक भइसके पश्चात हामीले पालना गर्नुपर्ने आचार संहिताहरु धेरैै छन् । सर्वप्रथमत ः एम्बुलेन्स सञ्चालन निर्देशिका, २०७५ लाई पुर्णतः पालना गर्नुप¥यो । त्यस पश्चात भनेको आफ्नो पेशागत भुमिका निर्वाह गर्ने क्रममा इमान्दारिता र विश्वसनीयता कायम गर्दै आफ्नो पेशाको मान मर्यादामा खलल पुग्ने कुनै काम गर्न नहुने, मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाउन नहुने, बिरामीको ओसारपसार तथा उपचार गर्ने क्रममा बिरामी तथा बिरामीको परिवारलाई सधै सम्मान पुर्वक व्यवहार गरी उच्चस्तरीय सेवा प्रदान गर्नुपर्ने, आफुले लिएको निर्णयहरुमा आफ्नै व्यक्तिगत रुपमा जिम्मेवार र जवाफदेही हुनुपर्ने, आफ्नो पेशागत दक्षता सुधार गर्दै लैजानुका साथै आफुमा भएका पेशागत दक्षता आफ्नो क्षेत्रका अरुलाई पनि सिकाउनु पर्ने, कुनै पनि बिरामीलाई ओसारपसार गर्नु अघि उसको बारेमा पर्याप्त जानकारी लिई उपचारमा सहयोग गर्नुपर्ने, बिरामीलाई बिच बाटोमा छाड्न नहुने । त्यसैगरि आफ्नो कामको सिलसिलामा पाएका कुनै पनि सुचना गोप्य राख्नुपर्ने तथा विरामीहरुबाट पाएको जानकारी तेस्रो पक्षलाई खोल्न नहुने तर कानुनी र पेशागत दायित्व निर्वाह गर्न वा बिरामीको सेवामा आवश्यक परेमा त्यस्तो सुचना बारेमा जानकारी दिन सक्ने, अस्पताल पुर्व सेवा, एम्बुलेन्स सेवा व्यवस्थापनमा सहयोग पुग्ने तथा अनुसन्धानमा मदत पु¥याउनु पर्ने, आफुले उचित देखेको बिरामीको गुणस्तरिय सेवामा प्रभाव पार्ने राम्रा पक्षहरुको जानकारी आफ्नो सुपरिवेक्षक तथा स्वास्थ्य संस्थालाई दिनुपर्ने, नेपाल सरकारले प्रतिवन्ध लगाएका बस्तुहरु ओसार पसार नगर्ने, प्रचलित कानुनको पालना गर्नुपर्नेछ ।
३) एम्बुलेन्स चालक संघको अध्यक्ष पनि हुनुहन्छ । समितिका काम, कर्तव्य र अधिकारहरु पनि होलान् नि ?
समितिको काम, कर्तव्य र अधिकारका विषयमा सरसर्ती भन्नुपर्दा एम्बुलेन्स सेवा पारदर्शी, सरल, भरपर्दो र व्यवस्थित रुपमा सञ्चालन गरे, नगरेको अनुगमन गर्ने, चालकले पालना गर्नुपर्ने आचारसंहिता लागु गराउने, निर्देशिका अनुसारको आचारसंहिता पालन नगर्ने चालकलाई चेतावनी दिने र आचारसंहिता पालना गर्न लगाउने, एम्बुलेन्स सेवाको बारेमा कुनै गुनासो तथा उजुरी आएमा सोको सुनुवाई तथा व्यवस्थापन गर्ने, एम्बुलेन्सको निश्चित मापदण्डको आधारमा भाडा निर्धारण गर्ने, सामान्यतया एक पटक निर्धारण भएको भाडा दुई वर्ष नपुगि पुनरावलोकन गर्न नपाइने, सरोकारवाला तथा अन्य सङ्घ संस्थाहरु वीच आवश्यकता अनुसार एम्बुलेन्स सेवा बारे समिक्षा बैठक गर्ने, नगरपालिकाको विशिष्टतालाई ध्यानमा राखि एम्बुलेन्स सेवा सञ्चालनको लागि आवश्यक थप मापदण्ड बनाउने, चालकले अनुसुची बमोजिम सेवा शुल्क लिई बैक÷कोषमा दाखिला गरे नगरेको समय समयमा निरीक्षण गर्ने, समितिको सदस्य–सचिवले सेवा प्रवाह स्थितिको अद्यावधिक विवरण सहितको प्रतिवेदन प्रत्येक वर्षको आषाढ मसान्तमा नगर कार्यपालिकामा पेश गर्नुपर्नेछ ।

४) यो पेशामा टिक्ने मान्छे कमै हुन्छ,तर तपाई यो पेशामा टिकि रहनुभएको । कसरी सम्भव भएको छ ?
म सानै देखी यो सामाजिक काममा धेरै उत्साह राख्ने मेरो बानी थियो । म कक्षा सातमा पढ्दा पढ्दै पोखरामा कामको शिलशिलामा गए ।घरको आर्थिक अवस्था कमजोर भएको कारणले गर्दा म पा्ेखरा गए । त्यहाँ गएपछि मैले भाँडा माज्ने, बालुवा बोक्ने, पत्रिका बेच्ने देखी लिएर विभिन्न प्रकारको काम गरे । स्कुलमा पढ्दा पनि मैले विभिन्न प्रकारको कामहरु गरे । विद्यालयमा विभिन्न प्रकारको आवश्यक सामाग्रीहरुको व्यवस्था गर्ने देखि लिएर विभिन्न प्रकारको कामहरु गरे । निकै कमजोर आर्थिक अवस्थाको बाबजुद पनि मैले पढ्दै गए र सामाजिक पेशामा पनि काम गर्दै गए र त्यसपछि मैले धादिङ मा केहि गर्नुपर्छ भन्ने सोच बनाए र त्यसपछि धादिङ आए र मैले यहाँ आएर एउटा मासु पसल राखे र त्यसपछि नेपाल रेडक्रस सोसाइटीको एउटा एम्बुलेन्स खाली रहेछ र मैले त्यहि एम्बुलेन्स चलाउन थाले । त्यो चलाउँदै जाने क्रममा मैले भैरवीमा भैरवी मन्दिर पनि बनाए र यसरी सामाजिक काम गर्दै जान थाले र यसरी यो पेशामा आजको दिन सम्म रमाउँदै, टिक्दै आएको छु ।
५) एम्बुलेन्सको मापदण्ड के हो ?
एम्बुलेन्स भनेको के हो भने यो एउटा एमर्जेन्सी रेस्क्यु गाडी हो । जसले एमर्जेन्सी अवस्थामा घटना स्थलमा पुगेर बिरामीको उपचार गराउने साधनको रुपमा बुझेको छु । यसको मापदण्ड अर्थात् वर्ग भन्नाले तीन प्रकारो हुन्छ , क, ख र ग धादिङमा ख वर्ग बनाउने भनेर सामानहरु सबै राखेको छु र जिल्लाको बैठक बसेको छैन त्यसको लागी मैले यसको लागी सम्पूर्ण कागजपत्रहरु तयार पारि सकेको छु । धादिङ जिल्लाको एम्बुलेन्समा आज भन्दा तीन वर्ष पहिले कहि पनि थिएन । ट्याक्सी चढ्नु , ट्रक चढ्नु र ट्याक्टर चढ्नु एकै थियो । तर अहिले ग वर्गको मापदण्ड धादिङमा पुगिसकेकोे अवस्था छ ।
६) तपाई आफै ड्राइभर आफै स्वास्थ्य कर्मी पनि हुनुहुन्छ, कत्तिको तालमेल मिल्छ कत्तिको ज्यान बचाउनु भएको छ ?
मैले धादिङ जिल्लाको पेरीफेरी धादिङ बजारको सिरान बजारदेखी पुछार बजारसम्म हेर्ने हो भने आफैले पनि अनुगमन गर्न सक्नुहुन्छ । मैले धादिङका ठुला–ठुला मान्य गुन्य मान्छेहरुको धादिङ अस्पतालबाट रिफर भएर गएपछि मैले बाटैमा पनि सुत्केरी गराएर डेलीभरीका केसहरुबाट धादिङ सिरान बजारदेखी पुछार बजारसम्म मात्र ४० जना भन्दा माथीका मान्छेहरुको ज्यान बचाएको छु भने धादिङ भन्दा बाहिर झन धेरै मानिसहरुको ज्यान बचाएको छु ।
७) जस्तो यो एम्बुलेन्स जसको नामै काफी छ यसको महत्व नै धेरै छ तर साइरन बजाएर हिड्दा पनि राजमार्गमा साइड नदिने अवस्था छ नी हैन ?
यो अत्याधिक मात्रामा रहँदै आएको समस्या हो किनभने यो राज्यको नै चुनौती हो । यो राज्यले चायो भने यो सबै समस्याहरु समाधान हुन्छ । अर्को कुरो के हो भने ड्राइभरलाई यो गर्नुपर्छ भन्ने विषयको बारेमा प्रशिक्षण नै हुँदैन । यो पेशामा एक दुई कक्षा पढेको मान्छे पनि हुन्छ पढ्दै नपढेको मान्छे पनि हुन्छ । कसरी यो पेशाको नियम पुरा गर्ने भन्ने विषयको बारेमा जानकारी नै नभएको मान्छेले पनि यो पेशा अपनाएका छन् । यो राज्यको कमजोरीको कारणले गर्दा यस्ता प्रकारका समस्याहरु आईरहेका छन् ।
८) एम्बुलेन्समा पनि आरोपहरु आउने गरेका छन् । मान्छेहरुले एम्बुलेन्सले पनि आफुले गर्नुपर्ने कामहरु सबै प्रक्रिया पु¥याएर नगरेको भन्ने आरोपहरु लगाउने गर्छन् नी ?
यो विषयमा काम गर्दै जाँदा समस्या आउँदै नआउने भन्ने हँदैन । काम गर्दै जाने क्रममा कतिपय कामहरु अन्जानमा गल्ती पनि भइदिन जान्छन् कतिपय भने बद्मास गर्ने प्रकारका पनि हुन्छन् त्यस प्रकारका मान्छेलाई हामीले २०७३ साल यता यस्ता प्रकारको गतिविधिहरुलाई न्युनिकरण गरेका छौँ भन्ने लागेको छ । किनभने, यो भन्दा पहिले हाम्रो संस्था पनि थिएन, समिती पनि थिएन हामीले मलेखुको ड्राइभर किनेर राखेका थियौँ । त्यो वातावरणलाई हामिले अहिले धेरै सुधार ल्याएका छौँ । सरकारी निकायले यस्तो काम नगरे पनि हामी एम्बुलेन्स चालक समितीका व्यक्तिहरु मिलेर यस्ता कामहरु गरी रहेका छौँ । यो आरोपहरु मान्छेहरुले सुनाएका मात्र हुन् यो यथार्थ होइन । यो अवस्थालाई हामीले धेरै सुधार गरी सकेका छौँ । यो कुराको बारेमा फिल्डमा गएर हेर्नुहोस् । त्यसपछि थाहा पाउनुहुन्छ । यो हचुवाको भरमा आरोप लगाउने काम भइरहेको छ यो मलाई स्वीकार्य छैन ।
९) यो दुर्घटना भए लगतै सबै भन्दा पहिले पुग्ने एम्बुलेन्स हो । त्यस्तो कुनै कारुणीक दृश्य, दुर्घटना हुँदा अङ्गभङ्ग भएका घाईतेहरु कत्तिको बोक्नुभएको छ ?
मैले २०६९ सालदेखी एम्बुलेन्स चलाउन थालेको अहिले सम्म मैले ठुला ठुला दुर्घटनाहरु देखेको छु । धेरै यस्तो परिस्थितीहरुको सामना गरेको छु । म आफैले पनि दुई दुई वटा मान्छेलाई भीरबाट बोकेर लेराएर म आफै उद्धारको काममा खटेको छु । त्यसकारण यस्ता धरै घटनाहरुको सामना गरेको छु ।
१०) यो अवस्था आउँदा भावनात्मक रुपमा कमजोर अनुभव हुने नमज्जा लाग्ने त्यस्तो हुन्छ कि हँदैन ?
त्यो दुर्घटना देख्दा नमज्जा त लागी नै हाल्छ मान्छेका जीवन हो त्यस्तो अनुभव त भै नै हाल्छ । तर त्यहाँ कसरी छिटो काम गर्ने भन्ने जोस र जाँगर भने अत्यन्तै छिटो आउँछ । कसरी छिटो काम गर्ने भन्ने विषयको बारेमा म जती थाकेको भए पनि मलाई त्यस्तो सहयोगको काम गर्न पाउँ दा मलाई रमाइलो लाग्छ ।
११) एम्बुलेन्सको भाडाको दर के कसरी निर्धारण गरीएको हुन्छ ?
अहिले सम्म एम्बुलेन्सको भाडा एउटै रेटको छ । २०७४ सामा हामिले यसको भाडा तोकेका थियौँ । सबै सार्वजनिक ठाउँहरुमा पनि हामीले यो भाडाको लिस्टहरु पनि टाँसेका छौँ र अहिले सम्म एउटा नै छ त्यस्तो तलमाथी गरेका छैनौँ ।
१२) अन्त्यमा,
एउटा एम्बुलेन्स चालक भइसके पश्चात हामीले पालना गर्नुपर्ने आचार संहिताहरु धेरैै छन् । सर्वप्रथम त एम्बुलेन्स सञ्चालन निर्देशिका, २०७५ लाई पुर्णतः पालना गर्नुपयो । त्यस पश्चात भनेको आफ्नो पेशागत भुमिका निर्वाह गर्ने क्रममा इमान्दारिता र विश्वसनीयता कायम गर्दै आफ्नो पेशाको मान मर्यादामा खलल पुग्ने कुनै काम गर्न नहुने, मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाउन नहुने, बिरामीको ओसारपसार तथा उपचार गर्ने क्रममा बिरामी तथा बिरामीको परिवारलाई सधै सम्मान पुर्वक व्यवहार गरी उच्चस्तरीय सेवा प्रदान गर्नुपर्ने, आफुले लिएको निर्णयहरुमा आफ्नै व्यक्तिगत रुपमा जिम्मेवार र जवाफदेही हुनुपर्ने, आफ्नो पेशागत दक्षता सुधार गर्दै लैजानुका साथै आफुमा भएका पेशागत दक्षता आफ्नो क्षेत्रका अरुलाई पनि सिकाउनु पर्ने, कुनै पनि बिरामीलाई ओसारपसार गर्नु अघि उसको बारेमा पर्याप्त जानकारी लिई उपचारमा सहयोग गर्नुपर्ने, बिरामीलाई बिच बाटोमा छाड्न नहुने ।

त्यसैगरि आफ्नो कामको सिलसिलामा पाएका कुनै पनि सुचना गोप्य राख्नुपर्नेतथाविरामीहरुबाट पाएको जानकारी तेस्रो पक्षलाई खोल्न नहुने तर कानुनी र पेशागत दायित्व निर्वाह गर्न वा बिरामीको सेवामा आवश्यक परेमा त्यस्तो सुचना बारेमा जानकारी दिन सक्ने, अस्पताल पुर्व सेवा, एम्बुलेन्स सेवा व्यवस्थापनमा सहयोग पुग्ने तथा अनुसन्धानमा मदत पु¥याउनु पर्ने, आफुले उचित देखेको बिरामीको गुणस्तरिय सेवामा प्रभाव पार्ने राम्रा पक्षहरुको जानकारी आफ्नो सुपरिवेक्षक तथा स्वास्थ्य संस्थालाई दिनुपर्ने, नेपाल सरकारले प्रतिवन्ध लगाएका बस्तुहरु ओसार पसार नगर्ने, प्रचलित कानुनको पालना गर्नुपर्नेछ ।

२०७६ फागुन ३० गते प्रकाशित

Loading...

अन्य समाचारहरु: