१७ साउन, धादिङ –
धादिङ्गको बेनिघाट रोराङ्ग गाउपालिका वडा नं १० लहिटारमा पहिरोको ढुङ्गा गुडेर घरमा लाग्दा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।
ग्रामिण सडक वर्षातका कारण पहिरीएको र सोही पहिरोबाट आएको ढुङ्गा घरको छानोबाट भित्र गुल्टिएर आउदा १२ वर्षीय रमेश चेपाङको मृत्यु भएको छ भने ११ वर्षीय सुश्मा चेपाङ्ग र बर्ष १४ का दिनेश चेपाङ्ग घाईते भएका छन् ।
घाईतेहरुको काठमाडौ ट्रमा सेन्टरमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ । मृतक रमेश चेपाङ्ग र घाईते दुबै हिरा चेपाङ्गका छोरा, छोरी हुन् ।
२०७५ साउन १७ गते प्रकाशित
About The Author
Loading...