Sat. Jul 27th, 2024

नसोचेको सफतला मिल्यो

यस वर्षको नजिता यसै साता प्रकाशित भएको छ । यस वर्ष धादिङ जिल्लामा ५२.२७ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका छन् । यस वर्षको प्रवेशिका परीक्षामा धादिङ जिल्लाका नियमित तर्फ ३ हजार ६ सय ५४ जना र एक्जामटेड तर्फ ३ सय ३४ जना विद्यार्थीहरु उत्तीर्ण भएका छन् । गत वर्षको तुलनामा यस वर्ष धादिङ जिल्लामा उत्तीर्ण प्रतिशत बढेको छ । यस वर्ष धादिङ जिल्लाबाट एसएलसी परीक्षामा जिल्ला प्रथम धादिङ आवसीय उच्च माध्यमिक विद्यालयका छात्र सन्देश भट्ट र छात्रा जुना श्रेष्ठ हुनु भएको छ । अघिल्लो वर्ष पनि यसै विद्यालयका विद्यार्थीे जिल्ला प्रथम गर्न सफल भएका थिए । जिल्ला प्रथम हुने सन्देश र जुनुसँग पाविल अनलाइनले गरेको कुराकानी

slc dhadigng 1

नसोचेको सफतला मिल्यो : सन्देश भट्ट
सन्देश भट्टको जन्म २०५७ साल अशोज ३० गते धादिङको मैदी गाँउ विकास समितिको वडा नं २ उखुबारीमा जन्मनु भएको हो । बुबा हेमराज भट्ट र आमा गीता भट्टको कोखबाट जन्मनुभएका उनी परिवारको कान्छो छोरो हो । उनी पढाईमा अब्बल छन् । सानैदेखि डाक्टर बन्ने चाहना बोकेर पढाईमा होमिएका उनी पढाईसँगै अन्य अतिरिक्त क्रियाकलापमा पनि त्यतिकै अब्बल ठहरिन्थ्यो ।

एसएलसी परीक्षामा जिल्ला प्रथम हुनुभएको छ कस्तो महशुस भइरहेको छ ?
एकदमै खुसी लागि रहेको छ । नसोचेको सफलता मिलेको छ । बर्णन गर्र्नै सक्दिन ।

जिल्ला प्रथम हुन्छु जस्ता लागेको थियो ?
परीक्षा राम्रै भएको थियो । विशिष्ट श्रेणीमा पास हुन्छु भनेर चाँहि लागेको थियो तर जिल्ला प्रथम नै भए । अहिले सबैले बधाई दिइ रहनु भएको छ । विद्यालयले पनि यति धेरै सम्मान गरिरहनु भएको छ । विद्यालयका शिक्षक, विद्यार्थी अभिभावक तथा अन्य विभिन्न व्यक्तिहरुबाट सम्मान पाउदा खुसीको अनुभव भइरहेको छ ।

भविष्यको योजना के हो ?
सानैदेखि डाक्टर बनेर बिरामीहरुको सेवा गर्ने सोच राखेको छु । त्यसैले अब काठमाडौँमा गएर विज्ञान विषय पढ्छु ।

मिहेनतको फल मिठो हुन्छ : जुना श्रेष्ठ

धादिङको नीलकण्ठ नगरपालिका २ मा जन्मिनुभएका जुना श्रेष्ठ यस वर्षको धादिङ जिल्लाको जिल्ला प्रथम मध्येको एक हुनुहुन्छ । उहाँ २०५६ साल भदै १५ गते बुबा राजमान श्रेष्ठ र आमा कौशिला श्रेष्ठको कोखबाट जन्मिनुभएको हो । सानैदेखि पढाईमा रुचि राख्ने जुनालाई आज यति ठूलो सफलता मिलेको छ ।

एसएलसी परीक्षामा जिल्ला प्रथम हुनुभएको छ कस्तो महशुस भइरहेको छ ?
एकदमै खुसी लागि रहेको छ । विद्यालयमा पढ्दा एकदमै मेहनत गरेर पढ्थे आज त्यसको फल पाएकी छु । कक्षामा दोस्रो तेस्रो हुने गरेको थिए तर आज जिल्ला प्रथम हुन पाउदा खुसीको सिमा नै छैन ।

जिल्ला प्रथम हुन्छु जस्ता लागेको थियो ?
प्रथम नै हुन्छु जस्तो त लागेको थिएन । तर मिहेनतको फल मिठो हुदो रहेछ । एसएलसी आउनै लाग्दा मिहेनत गरेर पढेको कुराले आज सफतला दिलाइको छ ।

भविष्यको योजना के हो ?
मेरो चाहना चार्टर एकाउन्टेन बन्ने रहेको छ ।त्यसका लागि एसएलसी दिएर बाँकी रहेको खाली समयमा पनि वृचकोर्स गरेर समयलाई सदुपयोग गरिरहेकी थिए ।

About The Author

Loading...

अन्य समाचारहरु: