Fri. Mar 29th, 2024

चार उपाध्यक्षसहित नेकपा एसका पदाधिकारी चयन

काठमाडौं –

नेकपा एकीकृत समाजवादीले पदाधिकारी चयन गरेको छ । आज बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गर्नेगरी पदाधिकारीको नाम टुंगो लगाइएको प्रस्तावित उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

नेकपा एसको उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल चयन भएका छन् । त्यस्तै महासचिवमा डा‍ बेदुराम भुसाल र उपमहासचिवमा डा विजय पौडेल, डा। गंगालाल तुलाधर र प्रकाश ज्वाला चयन भएका छन् ।

सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठको नाम टुंगो लागेको पाण्डेले बताए ।

नेकपा एसको अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल छन् ।

त्यस्तै नेकपा एसको स्थायी कमिटीमा ३१ सदस्य रहने छन् । र, पोलिटव्युरो पनि आजै घोषणा हुने प्रस्तावित महासचिव बेदुराम भुसालले जानकारी दिए । त्यस्तै केन्द्रीय कमिटी विस्तार र कार्यविभाजन पनि आजै हुने भुसालले बताए ।

पाण्डे र साह एमालेको नवौं महाधिवेशनमा उपाध्यक्ष पदको उम्मेदवार बनेर पराजित भएका थिए । त्यसबेला पाण्डे माधव नेपाल प्यानलमा थिए भने साह केपी ओली प्यानलमा थिए ।
महासचिव भुसाल एमालेको सचिवमा पराजित भएका थिए ।

त्यस्तै उपमहासचिव डा.तुलाधर,पौडेल र प्रकाश ज्वाला तीनै जना एमालेमा पोलिटव्यूरो सदस्य थिए ।
सचिवमध्ये केशवलाल श्रेष्ठ नवौं महाधिवेशनमा पनि ओली प्यानलबाट सचिवमै पराजित भएका थिए ।

About The Author

Loading...

अन्य समाचारहरु: