Sat. Jul 27th, 2024

बालुवाटारमा सिट्ठी फुक्दै पुगे मिटरब्याजपीडित

काठमाडौं – मिटरब्याज तथा ठगीविरुद्ध किसान–जदुर संघर्ष समितिले काठमाडौंको भृकुटीमन्डपदेखि बालुवाटारसम्म सिठ्ठी जुलुससहित मार्चपास गरेको छ ।

पीडितहरू बिहीबार सिठ्ठी बजाउँदै भृकुटीमन्डपबाट पुतलीसडक, डिल्लीबजार, कमलपोखरी, टंगाल हुँदै बालुवाटार पुगेको संघर्ष समितिका सचिवालय सदस्य अजय कार्कीले बताए ।

मिटरब्याजपीडितलाई ६ बुँदे माग सम्बोधन गर्न सरकारले वार्तामा बोलाएको थियो । तीन पटकसम्म वार्तामा बस्दा पनि कुनै निष्कर्ष नआएपछि समितिले पुनः आन्दोलन गरेको उनको भनाइ छ ।

About The Author

Loading...

अन्य समाचारहरु: