Fri. Feb 14th, 2025

शनिबार र आइतबार बागमतीसहित देशका धेरै स्थानमा वर्षा

काठमाडौं – पश्चिमी न्यूनचापीय प्रणाली पुनः सक्रिय हुँदा शनिबार र आइतबार देशका धेरै स्थानमा वर्षा हुनेछ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण शनिबार र आइतबार नेपालको धेरै स्थानमा बदली हुनेछ ।

“पश्चिमी न्यूनचापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा शनिबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा तथा बागमती प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,” जल तथा मौसम विज्ञान विभागले भनेको छ, “कोसी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।”

आइतबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशसहित कोसी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । मधेस प्रदेशका थोरै स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: