Sat. Jul 27th, 2024

एमाले बैठकमा प्रधानमन्त्रीको प्रशंसा, सांसदहरुले सरकारको आलोचना गर्न नपाउने

काठमाण्डौ-सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको आलोचना नगर्न पार्टीका सांसदहरुलाई प्रष्ट निर्देशन दिएका छन् ।

आज संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले सरकारका कामकारवाहीलाई लिएर पार्टीको अनुमति बेगर आलोचना नगर्न सांसदहरुलाई निर्देश गरेका हुन्। फेरिपनि दोहोर्याएर भन्न चाहन्छु–सरकारको आलोचनामा बोल्ने होइन । सरकारको कुनै आलोचना गर्नुपर्यो भने आन्तरिक रुपमा गर्दा हुन्छु, अध्यक्ष ओलीले भने, किनभने नबुझिकन कहिलेकहिले देख्दा एक चिज देखिन्छ, तर चिज अर्कै भइदिन्छ ।

अध्यक्ष ओलीले तराईमा डोरीलाई सर्प भनेर झुक्किने गरेको दृष्टान्त पेश गर्दै सरकारका बारेमा जथाभावी बोल्दाखेरी परिणाम अर्कै आउनसक्नेतर्फ सांसदहरुलाई सचेत गराएका छन् । कहिलेकहिले मान्छे हिँड्दा हिँड्दै तराईतिर खासगरी यस्तो हुन्छ । डोरीको त्यान्द्रो देख्यो भने सर्प रहेछ कि भनेर झसंग हुन्छ । अनि ठम्याएपछि सर्प हुँदैन, डोरी हुन्छु, उनले भने, त्यसकारण डोरीलाई सर्पजस्तो ठानेर यसो लामो त्यान्द्रो देखेपछि सर्प हो कि सजग हुनु पर्थ्यो, झस्किनु पर्थ्यो । झस्केको ठिक छ । तर, सर्प भनेर त्यतिखेर भनेपनि त्यो नहुन सक्छ । त्यसकारण प्याट्टप्याट्ट बोल्दाखेरी कहिलेकहिले नराम्रो हुन्छ । त्यस्तो लाग्यो भने छलफलमा ल्याउन सकिन्छ ।

कुनैपनि मन्त्रालयको काम सन्तोषजनक भएन भने छलफल गरेर त्यसलाई सुधार्दै प्रशंशायोग्य बनाउने कुरामा पार्टीले योगदान गर्ने कार्ययोजना रहेको पनि उनले बैठकमा जानकारी गराए । भने, कुनैपनि मन्त्रालयको काम सन्तोषजनक भएन भने हामी छलफल गर्नसक्छौ । त्यसलाई सन्तोषजनक बनाउने, प्रशंशायोग्य बनाउने कुरामा हाम्रो योगदान हुन्छ । यदि कसैले त्यो बनाउन चाहेन भने त्यस सम्बन्धमा फरक ढंगले ट्रिटमेन्ट खोज्नुपर्ने हुनसक्छ । त्यो म साथीहरुलाई आग्रह गर्न चाहन्छु ।ु

अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रशंसासमेत गरेका छन् । आफ्नो पद सुरक्षित हुँदाहुँदै पनि पुरानो गठबन्धन त्यागेर नयाँ समीकरण बनाउन प्रधानमन्त्रीले लिएको पहलकदमीको स्वागत गर्नुपर्ने उनको भनाई छ ।

About The Author

Loading...

अन्य समाचारहरु: