त्रिपालमा बसेका बालिका बलात्कारको सिकार

असार २, २०७२

rape_

धादिङ – विनाशकारी भूकम्पले गर्दा त्रिपालमुनि बसेका महिला तथा बालबालिका समस्यामा परेका छन् । खुल्ला ठाँउमा एक्लै बस्नुपर्ने उनीहरु असुक्षित भएको महशुस गर्छन् । त्रिपालमा बसेका बालबालिकाहरु बढी मात्रामा बलात्कारको सिकार पर्छन् । कामको शिलशिलामा आफ्ना आमाबुबाले एक्लै छोडिदिँदा बलात्कारको सिकार बन्न पुगेका हुन् ।

यसैक्रममा धादिङ जिल्लाको किराञ्चोक गाँउ विकास समितिका ७२ वर्षीय दीपबहादुर आलेले एक १२ वर्षीया बालिकालाई बलात्कार गरेका छन् । त्रिपालमा बसिरहेका बालिकालाई आलेले पालमा कोही नभएको मौका छोपी डोरीले बाँधेर त्रिपालभित्र बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । त्यस्तै नौबिसे गाविसकी ११ वर्षीया बालिकालाई ५८ वर्षीय विष्णु खत्रीले एकान्त बाटोमा चकलेट खान दिउँला भन्दै ललाइफकाइ बलात्कार गरेका छन् । यस्ता विभिन्न घटनाहरु महिला तथा बालबालिकाहरुले भोगिरहेका छन् । केहि घटनाहरु बाहिर आएका छन् भने केहि त्यतिकै लुकिरहेका छन् ।

No data was found

भूकम्पपछि जिल्ला प्रहरी कार्यालयमा एक जबरजस्ती करणी प्रयास र ३ वटा जबरजस्ती करणी घटनाको उजुरी परेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

‘सुशासनसँगै प्रदेशको विकासमा महत्वपूर्ण उपलब्धि हासिल भएको छ’

प्रतिनिधिसभाः शून्य समय सांसदद्वारा जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

कीर्तिपुरमा बाघभैरव जात्रा

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

सङ्क्रामक पशुरोग नियन्त्रण विधेयक विधायन व्यवस्थापन समितिमा

यो पनि पढ्नुहोस