नेपालमा दर्ता भएका बहुराष्ट्रिय डिजिटल कम्पनीहरूले कर बुझाउन थाले

फागुन १२, २०८०

काठमाण्डौ – नेपालमा दर्ता भएका बहुराष्ट्रिय डिजिटल कम्पनीहरूले धमाधम कर बुझाउन थालेका छन् । आन्तरिक राजस्व विभागका अनुसार नेपालमा दर्ता भएका गुगल, फेसबुक, टिकटक, माइक्रोसफ्ट, नेटफ्लिक्स लगायत १३ वटा बहुराष्ट्रिय डिजिटल कम्पनीले कर तिर्न थालेका हुन् ।

पहिलो पटक गएको साउनमा नेपालमा डिजिटल सेवा उपलब्ध गराउने गैरबासिन्दा व्यक्ति तथा कम्पनीले कर तिरेका थिए । नेपालमा कम्पनी, कार्यालय र भौतिक उपस्थिति नै नभएका तर आर्थिक कारोबार गर्ने कम्पनीलाई विभागले चालु आर्थिक वर्षदेखि नेपालको कर प्रणालीमा दर्ता गराएर कर तिराउन थालेको हो ।

चालु आर्थिक वर्षदेखि सरकारले आर्थिक ऐनमा नै व्यवस्था गरेर नेपालमा कारोबार गर्ने गैरबासिन्दा व्यक्ति तथा कम्पनीले कर तिर्नुपर्ने व्यवस्था गरेको थियो । ऐनअनुसार नेपालबाट गरेको कारोबारको दुई प्रतिशतका दरले विद्युतीय सेवा कर ९डीएसटी० तिर्नुपर्छ । यो व्यस्थालाई कार्यान्वयन गर्न विभागले छुट्टै निर्देशिका र सफ्टवेयर बनाएर कम्पनीहरूलाई सहजीकरण गरिदिएको थियो ।

अहिले १३ वटा कम्पनीले सरकारलाई माघसम्मको भ्याट तिरेको आन्तरिक राजस्व विभागले जनाएको छ । नेपालमा कम्पनी नै नभएका र सम्पर्क व्यक्ति नै नभएका कम्पनीलाई कर तिराउन सक्ने बनाउनु ठूलो सफलता भएको विभागको भनाइ छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ

रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

यो पनि पढ्नुहोस