झरीमा पनि सुस्ताएन ‘जेरी अन टप’ को व्यापार

कार्तिक १३, २०८२

अनमोल केसी अभिनीत फिल्म ‘जेरी अन टप’ ले बक्स अफिसमा राम्रो प्रदर्शन जारी राखेको छ। बिहीबार बिहानदेखि देशका विभिन्न भागमा परेको वर्षाका बाबजुद पनि फिल्म हेर्न आउने दर्शकको संख्या उल्लेख्य छ।

बिहानी शोमा अकुपेन्सी कम भए पनि दिउँसो १२ बजेदेखिका शोमा दर्शकको भिड रहेको निर्माता सरोज न्यौपानेले बताए।

बेलुकासम्मका शो हेर्दा बुकिङ पनि राम्रो देखिन्छ। ‘वर्षाका बाबजुद पनि फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ। शो पनि पहिलो दिनभन्दा बढी छ,’ न्यौपानेले भने।

No data was found

फिल्मले गत शनिबारसम्म बक्स अफिसमा ६ करोड ५१ लाख रुपैयाँभन्दा बढी कमाइ गरेको थियो। आइतबारदेखिको विवरण भने सार्वजनिक छैन। निर्माता न्यौपानेका अनुसार फिल्मले बक्स अफिसमा १० करोड रुपैयाँको आँकडा छोएको छ। यसको अवसरमा निर्माण टिमले शुक्रबार ‘सेलिब्रेसन’ गर्दैछ। शुक्रबार नै अनमोल केसी, आँचल शर्मा र जसिता गुरूङसहित निर्माता र निर्देशक सुयोग गुरूङको टिम जापान जाँदैछ।

एड्भेन्चर–लभस्टोरी जनराको फिल्मले सगरमाथा आरोहण र त्यसक्रमको प्रेमकथा प्रस्तुत गर्छ। फिल्ममा अनमोल, आँचल र जसितासँगै भुवन केसी, केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्त लगायतको पनि अभिनय छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

‘होम एन्ड अवे’ प्रणालीमा खेलाउन रङ्गशाला निर्माणको तयारी तीव्र

सभामुख अर्यालसँग राजदूत पार्कको भेट

मनकामना केबलकार दुई करोड १२ लाखले चढे

प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमण सकेर आजै स्वदेश फर्कंदै

राष्ट्रिय खेलकुदका लागि हवाई उडान सहज बनाउन मन्त्री पोखरेलको आग्रह

यो पनि पढ्नुहोस