छन्द साधना पुरस्कारबाट कवि लम्साल र आचार्य पुरस्कृत 

कार्तिक २२, २०८२

काठमाडौ ।  छन्द तरङ्ग अभियानको सातौँ वार्षिकोत्वसका अवसरमा वरिष्ठ कवि डा नवराज लम्साल र युवाकवि पुरुषोत्तम आचार्यलाई सम्मान र पुरस्कार प्रदान गरिएको छ ।

अभियानद्वारा शनिबार आयोजित कार्यक्रममा वरिष्ठ भाषाविद् एवं साहित्यकार मुकुन्दशरण उपाध्यायबाट कवि डा लम्साललाई रु ४० हजार राशिको विशिष्ट छन्द साधना पुरस्कार र कवि आचार्यलाई रु २० हजार राशिको छन्द साधना युवा प्रतिभा पुरस्कार प्रदान गरिएको हो । रेडियोकर्मीसमेत रहनुभएका धादिङका डा लम्सालले ‘कर्ण’, ‘धरा’, ‘अग्नि’ र ‘कल्प’ जस्ता महाकाव्यका साथै सयौँ गीत रचना गर्नुभएको छ भने मकवानपुरका आचार्यले सीमान्तकृत समुदायलाई केन्द्रमा राखेर छन्द कविता लेखन गर्दै आउनुभएको छ ।

यसअघि विशिष्ट छन्द साधना पुरस्कारबाट रमेश खकुरेल, चन्द्रप्रसाद न्यौपाने, घनश्याम कँडेल, रामचन्द्र भट्टराई, भुवनहरि सिग्देल र गोविन्दराज विनोदी पुरस्कृतत भइसक्नुभएको भने छन्द साधना युवा प्रतिभा पुरस्कारबाट सुदेश सत्याल, कविराज पौडेल र रुपक अलङ्कार पुरस्कृत भइसक्नुभएको छ ।

No data was found

छन्द कविताको स्तरीकरण र मानकीकरणका लागि साहित्यकारद्वय प्रा डा रामप्रसाद ज्ञवाली र प्रा डा देवी नेपालको अगुवाइमा २०७५ सालदेखि सो अभियान आरम्भ भएको हो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

‘होम एन्ड अवे’ प्रणालीमा खेलाउन रङ्गशाला निर्माणको तयारी तीव्र

सभामुख अर्यालसँग राजदूत पार्कको भेट

मनकामना केबलकार दुई करोड १२ लाखले चढे

प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमण सकेर आजै स्वदेश फर्कंदै

राष्ट्रिय खेलकुदका लागि हवाई उडान सहज बनाउन मन्त्री पोखरेलको आग्रह

यो पनि पढ्नुहोस