वर्ष-व्यक्तिको रुपमा प्रियंका र सौगात

फागुन ३०, २०७१

1b55d1fb678ddb46ffc512e32187f83f_L

काठमाडौं – अभिनेत्री प्रियंका कार्की फिल्म क्षेत्रकी वर्ष–महिला चुनिनुभएको छ । फिल्मीखबर साप्ताहिक पत्रिकाले आफू ६ वर्ष लागेको उपलक्ष्यमा नेपाली फिल्ममा वर्षभर देखाएको सक्रियताका आधारमा वर्ष–पुरुष र वर्ष–महिला छनोट गरेको हो।

अनामनगरस्थित युनियन हाउसमा बिहीबार सम्पन्न कार्यक्रममा वर्ष–पुरुषको सम्मान भने कान्छा निर्देशकको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा नाम लेखाउन सफल सौगात विष्टलाई प्रदान गरियो।

No data was found

८ वर्षको उमेरमा लभ यु बाबा निर्देशन गरेका सौगातको सो कामलाई गिनिजले केही दिनअघि वैधानिकता दिएको थियो। पत्रिका सम्पादक शान्तिप्रियले अघिल्ला वर्षहरुमा प्रदान गर्दै आएको वर्ष अभिनेता–अभिनेत्रीको सम्मानलाई परिमार्जित गर्दै वर्ष–व्यक्तिमा रुपान्तरण गरिएको जानकारी गराएको थियो। कुनै पनि कलाकारले वर्षभरि गरेका कामको मूल्यांकन गर्दै वर्ष व्यक्ति महिला र पुरुषको छनोट गरिने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

अल्जाइमर चेतना सम्बन्धी जेष्ठ नागरिकहरू र चिकित्सकबीच अन्तरक्रिया

बाख्रापालन प्रवद्र्धनका लागि गल्छीका कृषकलाई बोयर बोका वितरण

बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छः सञ्चारमन्त्री डा तिमिल्सिना

बाढी प्रभावित गलौदीको सरसफाइमा फोकसको साथः लेदो र बालुवा पन्छाउन सुरु

धादिङमा अझै सुध्रिएन कांग्रेस : ढुंगाना र अधिकारी फेरी कित्ताकाट !

यो पनि पढ्नुहोस