अक्टोबरमा नेपाल भित्रिए एक लाख २८ हजार पर्यटक

कार्तिक १७, २०८२

काठमाडौं । यस वर्षको अक्टोबरमा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन उल्लेख्य देखिएको छ ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार दक्षिण एसियाबाट २९ हजार ६०, एसियाका अन्य देशबाट २३ हजार १२७, यूरोपबाट ४० हजार ५००, ओसियानाबाट ६ हजार ८१४, अमेरिकाबाट १६ हजार ४०७, मध्यपूर्वबाट तीन हजार ५४८, अफ्रिकाबाट ४४३ र अन्य देशबाट आठ हजार ४४४ पर्यटक नेपाल आएका छन् ।

बोर्डका अनुसार, गत जनवरीदेखि अक्टोबरस्म्म कूल नौ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल आएका छन् । रासस

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

नेकपाको घोषणा: विगतमा गल्ती भयो अब सच्याउँछौँ (पूर्णपाठ)

सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान, यात्रुलाई भने राहत र खुसी

एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, पार्टी एकता सम्भव छैन : प्रचण्ड

राष्ट्रिय स्वाभिमानमा आँच आउँदा टुलुटुलु हेरेर बस्न सक्दैनौँः माधव नेपाल

सुरुङमार्गमा सवारीको लाम (फोटोकथा)

यो पनि पढ्नुहोस