सामुदायिक विद्यालय गौरव र पहिचान हुन् : मन्त्री बादे

धादिङ । बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कन्चन चन्द्र बादेले सामुदायिक विद्यालयहरू देशको पहिचान र गौरव भएको बताउनुभएको छ । धादिङबेसीमा रहेको नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयको ५२औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री बादेले सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरू नै आज देशका ठूला र उच्च ओहोदामा पुग्न सफल भएको उल्लेख गर्नुभयो । सामुदायिक विद्यालयका विद्यार्थीहरू सक्षम, […]
सरकारी कामकाजमा रैथाने भाषा कार्यान्वयनका लागि प्रशिक्षण

धादिङ । बागमती प्रदेश सरकारले तामाङ र नेपाल भाषा (नेवारी) लाई सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयनमा ल्याएसँगै यसको व्यावहारिक प्रयोगका लागि तयारी तीव्र पारेको छ । सरकारी कामकाजमा रैथाने भाषाको प्रयोगले सेवा प्रवाहलाई सरल, समावेशी र पारदर्शी बनाउन ठूलो मद्दत भएकोले सरकारले कामकाजको भाषा कार्यान्वयनका लागि तयारी तीव्र पारेको हो । भाषा कार्यान्वयनलाई प्रभावकारी बनाउने […]
जुत्ताको टालाटुलीबाट बुनिएको सुनमादेवीको सुखद संसार

धादिङ । धादिङबेसीको व्यस्त एमालेचोकमा हरेक दिन एउटा परिचित अनुहार देखिन्छ । काखमा सियो, धागो र हातमा पुराना जुत्ता–चप्पल समातेर बसिरहेकी भेटिन्छिन्, उनी रौतहटकी सुनमादेवी राम हुन् । ग्राहकका फाटेका र पुराना जुत्तालाई नयाँ स्वरुप दिनु उनको दैनिकी हो । सियो र धागोको सहाराले नै उनी आफ्नो परिवारको सुन्दर भविष्य बुनिरहेकी छिन् । घाम र […]
एक पटक पुग्नै पर्ने धादिङको भैरवी मन्दिर

धादिङ । यदि तपाईं प्राकृतिक सुन्दरता र ऐतिहासिक ठाउँको खोजीमा हुनुहुन्छ भने धादिङको भैरवी मन्दिर एक पटक पुग्नै पर्ने पर्यटकीय स्थल हो । नीलकण्ठ नगरपालिका–६ मा रहेको यो मन्दिर विदाको समयमा घुम्न जाने सबैभन्दा उत्कृष्ट र नजिकको गन्तव्य बनेको छ । पहाडको अग्लो चुचुरोमा रहेको यो ठाउँबाट गणेश, मनास्लु र मानापाथी हिमाल आँखै अगाडि स्पष्ट […]
विदाको दुई दिनमा चार लाख भक्तजन पुगे नृसिंहधाम

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, नृसिंहधाममा सुरु भएको पुरुषोत्तम महामहोत्सव दुई दिनमा चार लाख भक्तजनले दर्शन गरेका छन् । शनिबार करिब दुई लाख ५० हजार र आइतबार एक लाख ५० हजार भक्तजनले नृसिंहधामको दर्शन गरेका हुन् । विशेषगरी काठमाडौँ, पोखरा, चितवन, गोरखा लगायतका जिल्लाहरुबाट भक्तजनको उपस्थिति बढिरहेको श्रीवास कृष्ण दास ब्रम्हचार्यले जानकारी दिनुभयो । नृसिंहधाम […]
धादिङबेसी साङ्कोष जोड्ने थोपलखोलाको पुल अझै अलपत्र

धादिङ । नीलठण्क नगरपालिका–३, गेणशटोलबाट नीलकण्ठ–१२, साङ्कोष जोड्ने पुलको निर्माण कार्य यस वर्ष पनि अलपत्र बनेको छ । पाँच वर्षअघिबाट निर्माण सुरु भएको पुल ठेकेदार कम्पनीको लापरबाहीका कारण अलपत्र परेको हो । ठेकेदारले पटक पटक ठेक्काको म्याद थप गरिसकेको भएपनि अझै सम्पन्न नगरी अलपत्र अवस्थामा राखेको स्थानीयहरुले गुनासो गरेका छन् । संगै रहेको झोलुङ्गे पुल […]