कहिले अन्त्य हुन्छ एम्बुलेन्समै बिरामीले प्राण त्याग्ने अवस्था

बिरामी बोकेको एम्बुलेन्स अस्पतालको आकस्मिक कक्षअगाडि रोकिएको हुन्छ । आफन्तहरू चिकित्सक र स्वास्थ्यकर्मीको सहयोगको प्रतीक्षामा हुन्छन्। भित्र बिरामी जीवनका लागि संघर्ष गरिरहेको हुन्छ। तर जवाफ आउँछ—‘बेड छैन ।’ अर्को अस्पताल लैजान भनिन्छ । अर्को अस्पताल पुग्दा पनि उस्तै जवाफ दोहोरिन्छ। यसरी अस्पताल–अस्पताल चहार्दाचहार्दै बिरामीको अवस्था झन् गम्भीर बन्छ। अन्ततः उपचारको ढोका नखुल्दै एम्बुलेन्सभित्रै जीवनको ढोका बन्द हुन्छ ।
हेर्दा सफा देखिँदैमा पानी सुरक्षित हुँदैन

नेपालमा खानेपानीको पहुँच विस्तारमा उल्लेखनीय प्रगति भए पनि धारामा आउने पानीको शुद्धता, नियमितता र सुरक्षित प्रयोग अझै पनि ठूलो चुनौतीका रूपमा रहेको छ । खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा कार्यरत संस्था फोकस नेपालले धादिङको ज्वालामुखी गाउँपालिका र बेनीघाट रोराङ गाउँपालिकामा विशेष परियोजना सञ्चालन गरिरहेको छ । यसै सन्दर्भमा ज्वालामुखी गाउँपालिकामा खानेपानीको वर्तमान अवस्था, ‘एक घर, […]
भ्युजका लागि गुरु–शिष्य सम्बन्धको गरिमा बेच्ने प्रवृत्ति ?

हाल चर्चामा रहेको ‘मास्टर्नी’ गीतले यही बहसलाई फेरि सतहमा ल्याएको छ । गीतका केही शब्द, प्रस्तुति र दृश्यहरूले धेरै दर्शकलाई असहज बनाएको छ । विशेषगरी शिक्षक र विद्यार्थीसँग सम्बन्धित पात्रहरूको प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म तीव्र प्रतिक्रिया देखिएको छ ।
समाजमा बढ्दो लैङ्गिक विभेद र हिंसा: कारण, चुनौती र समाधान

महिलालाई आर्थिक रूपमा सशक्त बनाउनु अत्यन्त महत्वपूर्ण छ । शिक्षा, सीप विकास र रोजगारीका अवसरमार्फत महिलालाई आत्मनिर्भर बनाउन सके हिंसाविरुद्ध आवाज उठाउने शक्ति बढ्छ । आर्थिक सशक्तिकरणले आत्मविश्वास र सामाजिक सम्मान पनि बढाउँछ ।
पद नपाउँदा सिद्धान्त छाड्ने प्रवृत्ति : राजनीतिक विचलनको खतरनाक संकेत

अझ गम्भीर कुरा के छ भने, पद नपाउँदा निष्क्रिय बस्ने वा पार्टीविरुद्ध नै सक्रिय हुने प्रवृत्तिले कार्यकर्तामाझ निराशा फैलाउँछ। लामो समयदेखि पार्टीको विचार बोकेर संघर्ष गरेका समर्पित कार्यकर्ताहरू निरुत्साहित हुन्छन् र संगठनभित्र गलत सन्देश प्रवाह हुन्छ—जसले जित्यो ऊ नै सही, हार्यो् भने सिद्धान्त गौण ?
जीवनको पहिलो कमाइ र ‘भद्र वाच सर्विस’ बाट सुरु भएको यात्रा

भद्रमान श्रेष्ठको पसलमा साइनबोर्ड टाँसिएपछि, केही दिनमै अरूले सोध्न थाले “यो साइनबोर्ड कोले बनाएको ?” त्यो नै मेरो पहिलो पहिचान बन्यो । विस्तारै अरू साइनबोर्ड, पेन्टिङ र डिजाइनका कामहरू आउन थाले । भद्रमाको मृदु व्यवहार र उहाँको सिफारिसले मलाई समुदायमा चिनाउने माध्यम बन्यो । तीनै सामाग्रिहरुको कामबाट मैले उहाँले दिएको बाँकि रकम पनि फिर्ता गरें र केहि रकम जम्मा (नाफा) पनि गरें ।