Sun. Jul 21st, 2024

उहिलेका कुरा…

जगन्नाथ पन्त

जुनेलोले पेट र जिब्रोले मुख अघाउदैन। जिब्रोले पुरा नगरेको खसखस लेख्नु पनि जिब्रो चलाउनु नै हो।

नमागी राय दिनुको अर्थ रहदैन । अझ कसैलाई सिकाउदा दुष्मनी हुन पनि सक्छ।

उ बेला प्रतिनिधिसभाको चुनाव भएर  नयाँ सरकार बनेको ६ महिना जति भएको थियो। मोफसलको अलि टाढाको जिल्लाबाट जिससको खर्चपर्चमा सर्बदलीय प्रतिनिधिको डेलिगेशन सिंहदरबरमा आएको रहेछ।

निवेदन मागपत्रमा मन्त्रीको तोक सचिव, सहसचिव, उपसचिव हुँदै शा अ को मा लिएर डेलिगेशनका टिमले यो छिटो लेखिदिनुस् भने ।

माननीय मन्त्रीज्यूबाट भएको तोकआदेशसहितको सक्कलै निवेदन मागपत्र आवश्यक कार्यार्थ यसै साथ संलग्न गरि पठाइएको व्यहोरा अनुरोध छ। यत्ति लेख्ने चलन थियो ।

उहाँहरुकै जिल्लाको कुनै एक कार्यालयलाई  पत्र लेख्नु थियो। यति दुख गरेर आउनु  भएछ, यो तोकले केहि हुने होइन, बरु बजेट/कार्यक्रम पो पार्न लगाउनु पर्थ्यो । मन्त्रीको कुरा काट्ने भनेर झम्टेलान झै गरे । यस्ता पत्र धेरै मन्त्रालयबाट बनाएका रहेछन् ।

काम त कुनै पनि भएन । तीन महिनापछि सिंहदरवारकै एउटा क्यान्टिनमा भेट हुँदा   चिनेछन् ।  शा अ ले नचिनेझै गरे । उतिबेला ड्रेसकोड अनिवार्य थिएन । यसो करारमा जागिर पाइन्छ कि भनेर आएको हो, तपाईहरुले कुनै मन्त्री चिनेको भए जागिर भनिदिनु न भनेको चिया सटासट पारेर टाप कसेछन् ।

त्यो बेला त शा अ विरुद्व सचिलाई कम्प्लेन गरेका  थिए । सहसचिवको कक्षमा स स र उ स ले हल्का लेसन दिनु भएको थियो ।

सर हजुर यो तोक लगाएर झुक्काउने काम सुशासन विपरित हो भनेर अस्ति मात्रै भन्नु भएको होइन र ? भनेको चुप लाग्नुस्  त्यो त सुशासन कायम गर्ने टुल्स लोक सेवाको जाँचमा लेख्न पो सिकाएको, बुझेउ.. ।

अनि कुरा बुझे । एकजना पंडित (गुरु) सप्ताह कहनुहुन्थ्यो । जजमानले भोली गुरुमालाई नि ल्याउनु सदम्पत्ति संमान गर्छु भनेछन् । त्यस दिनको कथामा माछा मासु खानु पाप हो भन्ने रहेछ । गुरुमाले नि सुनिछन्  । भरे बिहान माछा ल्याएको, खै पकाएको भनेर गुरुले भन्दा खान हुन्न भन्नु भएको होइन र ?

किताबको माछा खान हुन्न पो भनेको खोलाको माछा भनेको हो र ? गुरुमा ट्वाँ  परिछन्  । शा अ जस्तै । उहिलेका कुरा खुइलिए होला कि बाकि होला ।
(लेखक नेपाल सरकारका पुर्व सहसचिव हुन्)

About The Author

Loading...